Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

    हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 324
    SHARES

    हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।

    आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।



    हेटौंडा उपमहानगरपालिका—८, औद्योगिक क्षेत्रभित्र रहेको हेल्पबक्स प्याकेजिङ प्रालि कार्टुन फ्याक्ट्रीमा शुक्रबार राति ११ वजे आगलागी भएको थियो ।



    नेपाल प्रहरी,सशस्त्र प्रहरी, नगर प्रहरी र उपमहानगरपालिकाको दमकलको सहयोगमा शनिबार बिहान ५ बजेतिर मात्र आगो निभाउन सकिएको थियो ।

    आगलागीबाट उद्योगभित्र रहेको उत्पादित कार्टुन र कच्चा पदार्थ सबै जलेर नष्ट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार