Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृह मन्त्रालयमा आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी

    गृह मन्त्रालयमा आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 978
    SHARES

    काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता सुरु भएको छ ।

    सिंहदरबारस्थित गृह मन्त्रालयमा भइरहेको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको हो ।



    मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।



    उनीहरुले आज शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेका देशभरका ठूला अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

    चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार