Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

    चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.1K
    SHARES

    हेटौंडा । हेटौंडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न शुक्रबार तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा। विकास थापा र डा। प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न सो अदालतबाट म्याद थप गरिएको हो।



    कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसिटिभी क्यामराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताइन्।



    घटना विवरणअनुसार गत साउन २५ गते डेंगी रोगबाट संक्रमित हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा. थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए।

    सञ्चो अस्पतालमा उपचाररत राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारण निजका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए।

    चिकित्सकमाथि भएको कुटपिटको विरोधमा शुक्रबार हेटौंडामा रहेका सरकारी, निजी तथा क्लिनिकका चिकित्सकले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन्। डा। थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा. विडारी हेटौंडा अस्पतालका एनेस्थेसिया विभागमा कार्यरत छन्।

    यसैबीच कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै हेटौंडा अस्पतालका ७८ चिकित्सकले सामूहिक रूपमा सो अस्पतालका सुपरिटेन्डेन्ट डा. रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामासमेत दिएका छन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार