Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चिकित्सक कुटपिट प्रकरणमा बोल्यो प्रहरी, परिस्थितिलाई सामान्यीकरण गर्न अनुरोध

    चिकित्सक कुटपिट प्रकरणमा बोल्यो प्रहरी, परिस्थितिलाई सामान्यीकरण गर्न अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 681
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत विशेषज्ञ चिकित्सकमाथि कुटपिटपछि उत्पन्न परिस्थितिका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    प्रहरीले शनिवार विज्ञप्ति जारी गर्दै पेसागत संवेदनशीलतालाई मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकृत सीताराम रिजालले जारी गरेको विज्ञप्तिमा डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ ।



    ‘ट्रमा सेन्टर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक माथि ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाट अमर्यादित र अब्यबसायिक ब्यबहार भएको सन्दर्भमा प्रहरी कर्मचारी र नेपाल चिकित्सक सङ्घ तथा अस्पतालमा कार्यरत चिकित्सक बीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘चिकित्सक एवं सुरक्षाकर्मी वीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा चौबिसै घण्टा खटिने यी दुई जिम्मेवार संस्थाहरूको सम्बन्धमा व्यक्तिका गैरब्यबसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद विषय भएकोले संलग्न प्रहरी कर्मचारीलाई ब्यबसायिकता, उत्तरदायित्व एवं जबाफदेहिताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिसकिएकोले संस्थाहरूको विशिष्ट सेवा र पेसागत संवेदनशीलतालाई समेत मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    यता नेपाल चिकित्सक संघले आइतबार (भोलि) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै संघले आपत्ति जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार