Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

    आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । चिकित्सकमाथि कुटपिट भएको विरोधमा आन्दोलन गरिहेका डाक्टर र सरकारबीच सहमति भएको छ ।

    चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको हो।



    मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।



    गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ ।

    घटनामा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

    बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार