Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले बागमती प्रदेश अधिवेशन : बन्दसत्र आजदेखि

    एमाले बागमती प्रदेश अधिवेशन : बन्दसत्र आजदेखि

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 741
    SHARES

    काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुन लागेको हो ।

    प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ । बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ ।



    प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन् ।



    प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर भने प्रतिस्पर्धा गर्न नपाइने चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार