Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनलाई थप ८० करोड डलर सहयोग गर्ने मेरिकी राष्ट्रपति बाइडनको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो ।

सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताए । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गरेका थिए ।

प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ। त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि रहेका छन् ।

नयाँ सहायताले युक्रेनमा गत फेब्रुअरी २४ मा रुसी सेनाले आक्रमण गरेपछि युक्रेनमा अमेरिकी सहायता कुल २.४ बिलियन डलरभन्दा बढी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077