Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयोगले आज बाट ‘स्थानीय तह निर्वाचन इ-बुलेटिन’ प्रकाशन सुरु गर्ने

    आयोगले आज बाट ‘स्थानीय तह निर्वाचन इ-बुलेटिन’ प्रकाशन सुरु गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जनाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको छ ।

    आयोगले बिहीबार राजनीतिक दलका नेताहरूले निर्वाचन सर्ने लगायतका अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ । निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’



    आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन बिहीबारदेखि नै ‘स्थानीय तह निर्वाचन इ-बुलेटिनु प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार