Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ७ दिनभित्र चित्तबुझ्दो जवाफ माग

    कुलमान घिसिङलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    कुलमान घिसिङलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

    माओवादीको चुनावी पोष्टरमा फोटो राखी प्रचारप्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले घिसिङलाई स्पष्टिकरण सोधेको हो ।



    आयोगको बिहीबारको बैठकले घिसिङलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको आयोगले जनाएको छ । नेकपा (माओवादी केन्द्र) ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो ।



    सोही विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले उर्जासम्बन्धी निर्वाचन प्रचार सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । लगत्तै उनको तस्बिर माओवादीले पोस्टरबाट हटाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार