Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आचारसंहिता उल्लंघन भए कारबाही गर्ने आयोगको चेतावनी

    निर्वाचन आचारसंहिता उल्लंघन भए कारबाही गर्ने आयोगको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 945
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताको पालना भए वा नभएको विषयलाई सूक्ष्म निगरानीमा राखेको बताउँदै त्यसको उल्लंघन भए कारबाही गरिने स्पष्ट पारेको छ ।

    निर्वाचन आयोगमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको र तीमध्ये केहीलाई आयोगले पत्राचार गरिसकेको र केहीको अध्ययन भइरहेको बताए । उनले भने –‘त्यसका आधारमा आयोगले उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारबाहीे गर्नेछ ।’



    आयोगले चैत्र २५ गते आचारसंहिता लागु गरेपछि त्यसको अनुगमनका लागि केन्द्र, जिल्ला, क्षेत्र र स्थानीय तहसम्म अनुगमन संयन्त्रलाई परिचालन गरिसकेको छ । संयन्त्रको परिचालनको साथै आचारसंहिताको पालना नगरेकोमा स्पष्टीकरण समेत सोध्न शुरू गरिसकेको आयोगले जनाएको छ ।



    अहिलेसम्म आयोगमा ४-५ वटा उजुरी परेको जानकारी दिँदै प्रवक्ता पौडेलले भने– ‘जति उजुरी आएका छन्, त्यसलाई प्रारम्भिक कारबाहीस्वरूप उपत्यकाको हकमा आयोगले र उपत्यकाभन्दा बाहिरका जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीले स्पष्टीकरण सोध्ने हो ।

    त्यो हामीले गरेका छौं ।’आयोगले आचारसंहिता लागु हुनुभन्दा अगाडि सबै राजनीतिक दललाई ६० बुँदे निर्देशन दिएको थियो । त्यसमा आचारसंहितमा लेखेका कुराका अतिरिक्त निर्वाचन ऐनमा उल्लेख निर्वाचनसम्बन्धी कानुन, निर्वाचन कसुर र सजायसमेत समेटिएको छ । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार