Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईको प्रस्ताव : 'तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था गरौं'

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव गरेका छन् ।

पैसा खर्च गरेर चुनाव जित्ने र असुल्न राज्यकोषको दोहन गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको भन्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

चुनावी खर्च र यसका सीमाबारे बहस भइरहँदा भट्टराईले ट्वीट गर्दै जहिलेसम्म पैसा खर्च गरेर चुनाव जित्ने प्रवृत्ति रहन्छ त्यो बेलासम्म राज्यको दोहन भइरहने खतरा हुने बताए ।

उनले लेखेका छन्-‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं-तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077