Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन युद्ध : डुब्यो क्षतिग्रस्त रुसी सेनाको पानीजहाज

एजेन्सी । बुधवार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको पानीजहाज डुबेको छ ।

रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज युक्रेनले क्षेप्यास्त्र प्रहार गरेपछि क्षतिग्रस्त भएको थियो । उक्त लडाकू पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

५१० जना फौज रहन सक्ने उक्त पानीजहाज के कारणले डुब्यो भन्ने कुरा मस्कोले केही खुलाएको छैन। रसियाली सेनाको शक्तिको प्रतीकका रुपमा मानिएको उक्त जहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनाएको छ।

खराब मौसमका कारण किनारातर्फ तानेर लैजाँदै गर्दा जहाज डुबेको बताइएको छ । रसियाले युक्रेनमाथि हमला थालेको ५१ दिन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077