Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी २१ वर्षपछि पक्राउ

    कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी २१ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । सुर्खेतमा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् ।

    सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका ८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।



    विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो ।

    प्रहरीकाअनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर भागेका भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार