Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस–युक्रेन जारी युद्धका बीच अमेरिकी राष्ट्रपति बाइडेन युक्रेन भ्रमणमा जाने सम्भावना

एजेन्सी । रुस–युक्रेन जारी युद्धका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको भ्रमणमा जाने तयारी गरेका छन् ।

उनी चाँडै युक्रेनको राजधानी किभको भ्रमणमा जाने सम्भावना बढेको बताइएको छ । वास्तवमा, ह्वाइट हाउसको उच्चस्तरीय प्रतिनिधिमण्डल युक्रेनलाई समर्थन गर्न किभ जाँदै छ ।

यसपछि बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिस युक्रेन जाने अपेक्षा गरिएको छ। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अचानक अप्रिल ९ का दिन किभ पुगेका थिए र त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पैदले सडकमा निस्किएका थिए ।

यो भ्रमणबाट अमेरिका जारी युद्धमा आफू युक्रेनको साथमा रहेको देखाउन चाहन्छ । साथै, यस अवधिमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि वार्ता हुन सक्छ । तर यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077