Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्धारा युक्रेनको किभमा हतियार उत्पादन गर्ने कारखानामा आक्रमण

एजेन्सी । रुसले युक्रेनको किभमा मिसाइललगायतका हतियार उत्पादन गर्ने कारखानामा आक्रमण गरेको छ ।

रुसी रक्षा मन्त्रालयले राजधानी किभमा मिसाइल आक्रमण गरेको जनाएको छ । रुसले आक्रमण अझै बढ्न सक्ने चेतावनीसमेत दिएको छ । एक दिन पहिले युक्रेनले रुसको मोस्कवा युद्धपोतमा आक्रमण गरेको जनाएको थियो ।

रुसले युक्रेनको राजधानी किभमा पुनः आक्रमण तीव्र बनाएको छ । फेब्रुअरी २४ देखि सुरु भएको रुस-युक्रेन द्वन्द्व केही दिन मत्थर भएजस्तो देखिए पनि बिहीबारदेखि भने पुनः बढेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका विश्वका नेताले रुसी सेनाले युक्रेनमा नरसंहार मच्चाएको अभिव्यक्ति दिइरहेका बेला रुसले भने आक्रमण बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077