Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका सडकमा मागिहिँड्ने ५५ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंका सडकमा मागिहिँड्ने ५५ जना बालबालिकाको उद्धार गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास केन्द्र र जिल्ला प्रहरी परिसर काठमाडौंको पहलमा शुक्रबार ५५ जना बालबालिकाको उद्धार गरिएको हो ।

सडक पेटीमा बसेर सडक यात्रुहरूसँग सहयोगको अपेक्षा गरिरहेका ३३ बालक र २२ बालिकाको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

ती बालबालिकालाई राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको मैनालीले बताए । यसरी सडकमा बसेर माग्नेलाई प्रहरीले अब उठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077