Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

द्वन्द्वका कारण २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

एजेन्सी । रुस र युक्रेनबीच जारी द्वन्द्वका कारण अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् ।

सीएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारी अनुसार अरू १० हजारभन्दा बढी युक्रेनी राष्ट्रसेवक घाइते भएका छन् । घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।

मृतक तथा घाइतेहरूले देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । झन्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकामा विश्वभरबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077