Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीय निर्वाचनका लागि ७७ वटै जिल्लामा आयोगले खटायो ६७६ निर्वाचन अधिकृत

    स्थानीय निर्वाचनका लागि ७७ वटै जिल्लामा आयोगले खटायो ६७६ निर्वाचन अधिकृत

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको हो ।

    सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको आयोगले जनाएको छ । आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ ।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको छ।



    आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ। अब वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार