Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु

धनगढी । बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ ।

जिल्लाको सुर्माबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२ः४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै, अन्य तीन जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट धनगढी रेफर गरिएको छ । जीपमा ३ महिला र ६ पुरुष गरी ९ जना सवार रहेका बताइएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077