Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपाल चितवनका अध्यक्ष खरालको घरमा तोडफोड

चितवन । राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ ।

राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित अध्यक्ष खरालको घरमा गएराति आक्रमण भएको जानकारी दिए ।

खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् ।

स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरे ।

घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077