Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम र उपेन्द्रसँग प्रचण्डको भेटवार्ता, के के भए कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच सामूहिक रुपमा छलफल भएको हो ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बसेको बैठकले सबै स्थानीय तहमा तालमेलबारे सहमति जुटाउन असम्भव देखिएपछि प्रचण्डले छलफलका लागि अध्यक्षद्वय भट्टराई र यादवलाई बोलाएका हुन् ।

भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतले भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको जनाएको छ ।

महानगर र उपमहानगरमा तालमेलका लागि रामचन्द्र पौडेल नेतृत्वको कार्यदल बसेपछि नेतात्रयबीच पुनः छलफल गर्ने सहमति बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077