Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नियन्त्रित औषधिसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँमा नियन्त्रित औषधिसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौडा उपमहानगरपालिका १६ स्थायी वतन भई हाल जिल्ला काठमाडौँ नरेफाँट बस्ने २६ वर्षीय कविर लामा भन्ने उदय थिङ रहेका छन् ।

उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाई छिपाई विक्री वितरण गरिरहेका गोप्य सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा खटिएको टोलीले थिङलाई पक्राउ गरेकाे हाे ।

थिङलाई थप अनुसन्धान तथा कारवाहीको लागि औषधी व्यवस्था विभाग, विजुलिबजार नयाँबानेश्वर काठमाडाैँ पठाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077