Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यारालाइसिसको बहानामा वीर अस्पताल पुगेर फरार भएका थुनुवा सात दिनपछि यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले अस्पतालबाट फरार भएका थुनुवालाई सात दिनपछि पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका राजेश तिरुवा सात दिन अघि वीर अस्पतालबाट फरार भएका थिए ।

प्यारालाइसिस भएको भन्ने बहाना बनाई उपचारको लागि वीर अस्पताल पुगेका तिरुवा चैत २९ गते राती अस्पतालबाट फरार भएका थिए ।

साबिक कुञ्चोक गाबिस–६ हाल परिवर्तित इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा, सिन्धुपाल्चोक घर भएका भक्तबहादुर कामीको छोरा वर्ष ४५ को राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट फरार भएका थिए ।

फरार भएको सूचना पाउनासाथ खोजीमा जुटेको महानगरिय प्रहरी परिसरको विशेष टोलीले आज उनलाई सात दिनपछि बुढानीलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तिरुवालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौंमा पठाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077