Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतमा फेरि बढ्न थाल्यो कोरोना : २४ घण्टामा २ हजार १८३ संक्रमित, २१४ को मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या झण्डै दोब्बरले बढेको हो ।

शनिबार १ हजार १५० जना कोरोना संक्रमित थपिएकोमा आइतबार २ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ।

शनिबारको तुलनामा आइतबार संक्रमितको संख्यामा ८९.८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077