Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एसपी राठौरले सम्हाले कैलाली प्रहरीको कमाण्ड

धनगढी । सोमबारदेखि कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले सम्हालेका छन् ।

कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीको काज सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा राठौरलाई पठाएको हो ।

एसपी राठौरले कैलाली पुगेर सोमबारदेखि नै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी राठौरलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी वेदप्रकाश जोशी लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरे ।

यस्तै आज मात्रै प्रमुखको पदभार ग्रहण गरेका राठौरले कार्यालयको निरिक्षण गरेका थिए । भने कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077