Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर अधिकारी प्रकरण : छानबिन समितिले काम थाल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ ।

मन्त्रिपरिषद् बैठकले ११ दिनअघि गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बित भएका हुन् ।

त्यतिखरै अधिकारीलाई निलम्बनको पत्र दिइएको थियो । तर, यसबीचमा समितिको काम सुरु भएन । सरकार यो प्रक्रिया लम्ब्याउने मनसायमा रहेको बुझेपछि गभर्नर अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च अदालत पुगेका छन् ।

गभर्नर सर्वोच्च पुगेपछि सरकारलाई बल्ल छानबिन समितिको याद आएको राष्ट्र बैंक स्रोतले जनायो । गभर्नर अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भएको छ र त्यसको पेसी मंगलबार तोकिनेछ।

सरकारले पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग समिति गठन गरेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077