Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ह्वाइट हाउसले भन्यो-बाइडेन युक्रेन भ्रमणमा जाने कुनै योजना छैन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन भ्रमण जाने कुनै योजना नरहेको बताइएको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले सोमबार ब्रिफिङको क्रममा यो जानकारी दिएकी हुन्। ‘म एकपटक फेरि भन्न चाहन्छु कि राष्ट्रपतिको युक्रेन भ्रमणको कुनै योजना छैन, साकीले भनिन् ।’

ह्वाइट हाउसले आफ्ना एक शीर्ष अधिकारीलाई भने युक्रेन भ्रमणमा पठाउने बताएको छ।

उक्त शीर्ष अधिकारी विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षा मन्त्री लोयड औस्टिन हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077