Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपति जेलेन्स्की भन्छन्-'युक्रेनको पूर्वी क्षेत्रमा रुसको आक्रमण बढ्यो'

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी क्षेत्रलाई आफ्नो कब्जामा भीषण आक्रमण सुरु गरेको बताएका छन् ।

सोमबार उनले युद्ध अब नयाँ चरणमा प्रवेश गरेको बताएका हुन्। ‘रुसी सेनाले अब डोनाबासको लागि लडाइँ सुरु गरेका छन्’, जेलेन्स्कीले भने।

भिडियो सन्देशमार्फत उनले रुसले आफ्नो ध्यान पूर्वी क्षेत्रको आक्रमणमा केन्द्रित गरेको बताएका हुन्। ‘समग्र रुसी सेनाले ठूलो भाग यो लडाइँको लागि एकत्रित भएको छ’, उनले भने।

डोनाबास युक्रेनको पूर्वी क्षेत्रमा रहेको क्षेत्र हो, जहाँ पछिल्लो ८ वर्षदेखि रुस समर्थित विद्रोहीले सरकारविरुद्ध लड्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077