Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ । रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।

रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।

उनीहरूकी छोरी भने बाँच्न सफल भइन र उनको जन्मले आफूहरूलाई यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको रोनाल्डो र रोड्रीगेजले भनेका छन् ।

उक्त जोडीले गत अक्टोबर महिनामा गर्भधारणबारे जानकारी सार्वजनिक गरेका थिए। उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७ मै भएको थियो। रोनाल्डोका यस अघि नै चार सन्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077