Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विवेकशील साझाका जिल्ला संयोजक श्रेष्ठ ललितपुर महानगरमा मेयरको उम्मेदवार

काठमाडौं । विवेकशील साझा पार्टीले ललितपुर जिल्ला संयोजक उज्ज्वलकृष्ण श्रेष्ठलाई ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसबारे औपचारिक जानकारी भने पार्टीले आज दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरे जानकारी दिने विवेकशील साझाले जनाएको छ ।

विवेकशील साझाले ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन लागेका श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए ।

विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077