Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्छः कांग्रेस नेता भण्डारी

    स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्छः कांग्रेस नेता भण्डारी

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने धारणा राखेका छन् ।

    नेता भण्डारीले मंगलबार सामाजिक सञ्जालमार्फत स्थानीय तहको निर्वाचन पार्टीविहीन हुनुपर्ने बताएका हुन् ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय तहको नेतृत्व छनोट स्थानीय तहको महत्त्व र आवश्यक्ताको आधारमा छलफल गरी गर्नुपर्दछ । स्थानीय तह बेरोजगारी घटाउने ठाउँ पक्कै होइन । यो त जनताको सबैभन्दा नजिकको सबै प्रकारका सेवा तत्काल उपलब्ध गराउने अत्यन्तै जिम्मेवार एवम् संवेदनशील निकाय हो तसर्थ स्थानीय तहको निर्वाचन पार्टीविहीन हुनुपर्दछ भन्ने विचार विगतको अनुभवले आज सत्य प्रमाणित गराएको छ जुन परिपक्व र सत्य विचार संविधान निर्माणको क्रममा संविधान सभामा राख्ने अवसर गुल्मेली जनताले मलाई दिनु भएको थियो ।’



    नेता भण्डारीले मंगलबार नै बुटवलमा पत्रकारसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धन सत्ता स्वार्थका कारण भएको बताए । उनले गठबन्धनले घाटा लाग्ने समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार