Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेताहरुको स्वार्थका कारण देशको अवस्था कमजोर बन्यो : चन्द्र भण्डारी

    नेताहरुको स्वार्थका कारण देशको अवस्था कमजोर बन्यो : चन्द्र भण्डारी

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 426
    SHARES

    हेटौँडा । नेपाली कांग्रेसका नेता ड.चन्द्र भण्डारीले समाजको आवश्यकता अनुसारको विकास र सुशासन नेताहरुले दिन नसकेको बताएका छन्।

    कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप गोष्ठीमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।



    नेता भण्डारीले वर्तमान समयमा नेताहरुले राजनीतिका लागि राजनीति गरिरहेको बताए । विपीको नेतृत्वको पालामा जस्तो नेताहरुमा नैतिकता नरहेको उनको भनाई छ ।



    नेता भण्डारीले ४ आना जग्गाको लागि र्याल काड्ने प्रवृत्तिका कारण देशको अवस्था कमजोर बन्दै गएको बताए ।

    नेता भण्डारीले भने,‘राजनीतिका लागि मात्र राजनीति भइरहेको छ । नेताहरुले राजनीति छाडेर राष्ट्रनीति गर्नुपर्छ । अहिलेको नेताहरुलाई समाजले के खोजिरहेको छ भन्ने बारेमा थाहा नै छैन । विपीका समयमा नेताहरुमा अहिलेको जस्तो साँघुरो सोच थिएन । त्यस समयमा आफूसँग भएका स्रोतहरु देशका लागि खर्च गर्ने नेताहरु थिए । अहिलेको ४ आना जग्गाको लागि ¥याल काड्ने नेता त्यस समयमा थिएनन् । स्वार्थ र लोभका कारण देशको अवस्था कमजोर बनेको हो ।’

    राजनीतिक दलका नेताहरुले पुरानो ढर्रा त्याग्नुपर्ने नेता भण्डारीको भनाई छ । पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी छाडेर देश विकासको गतिमा अघि बढाउन र युवाहरुलाई आशा जगाउने कामहरु गर्नुपर्नेमा उनले जोड दिए ।

    समय र प्रविधिअनुसार सरकार र नेतृत्वकर्ताले काम गर्न नसक्दा युवाहरुमा चरम निराशा पैदा भएको उनले औल्याए । नेतृत्वको कमजोरीका कारण राजनीतिमा इमोशन दिन नसकेको उनको भनाई छ । नेपालको राजनीति नारायणगढ बुटवल खण्डको सडक जस्तै बनेको उनले टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार