Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देउवालक्षित चन्द्र भण्डारीको टिप्पणी- अब टाइपराइटर र डेक्सटपको काम छैन

    देउवालक्षित चन्द्र भण्डारीको टिप्पणी- अब टाइपराइटर र डेक्सटपको काम छैन

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी नेतृत्वमा रहेका नेताहरुलाई ‘टाइपराइटर’ को संज्ञा दिएका छन् ।

    कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।



    नेता भण्डारीले अहिले आइफोन र आइओएसको जमना आएको उल्लेख गर्दै उनले अब टाइपराइटरको भविष्य नभएको र अपग्रेड हुनुपर्ने बताए ।



    नेता भण्डारीले भने,’नेताहरुले म सचिव भएको मान्छे अहिले तिमी जस्ता केटाले हेप्ने भन्छ । म यति वर्ष लडेको । म प्रधानमन्त्री भइसकेको, ‘मन्त्री भइसकेको मान्छेलाई तिमीले हेप्ने भन्छ । ठ्याक्कै टाइपराइटर र डेक्सटप कम्युटर र अहिलेको आइफोनको जस्तै झगडा नेपालको राजनीतिमा पनि छ । नयाँ नभइ हुँदैन कसले अब टाइपराइटर बोकेर हिँड्ने ? हरेकको घरघरमा आइफोन आइप्याड पुग्यो छ । त्यसले हप्ता हप्तामा अपडेट गर भन्छ । अपडेट नगरे चल्दैन । अब देश चलाउने नेता पनि अपडेट हुनुपर्यो ।’

    पार्टीका नेताहरुले आफू प्रधानमन्त्री र मन्त्री भइसकेको दम्ब देखाएर अन्य नेता कार्यकर्ताले दिएको सुझावलाई पनि मनन गर्न छाडेको गुनासो गरे ।

    देश चलाउने नेताले पनि समयसँग अपडेट हुनुपर्ने भण्डारीको तर्क छ । बालकुमारी घटना दुःख भएको उल्लेख गर्दै भण्डारीले कोरिया जान पाउँ भनेर पर्न पर्ने देश नेपाल नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार