Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेता पौडेलले भने- गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्

    नेता पौडेलले भने- गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताएका छन् ।

    नेविसंघको स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै पौडेलले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए ।



    उनले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली हतासको अभिव्यक्ति दिइरहेको पनि बताए ।



    उनले भने ‘यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो । यो गठबन्धन शेरबहादुर देउवालाई प्रधाानमन्त्री बनाउका लागि होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि हो,’ उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास भएका छन् र हतासमा अभिव्यक्ति दिइरहेका छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार