Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीका तत्कालीन प्रदेश सचिव सहित ४ जना विरुद्ध भ्रष्टाचार आरोप पत्र दायर

बुटबल । रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी सहित ४ जना विरुद्ध भ्रष्टाचार गरेको आरोप पत्र दायर भएको छ ।

तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

उनिहरुविरुद्ध रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत २०७५र०७६ मा किसानहरुलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भन्दै फारम भर्न लगाएर सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले कागजात अध्ययन र स्थलगत अनुगमन नगरीरनगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर गरी ७ वटा मिनि टिलरको ६ लाख २२ हजार बराबरको झुट्ठा बिल भर्पाइ गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकोे छ ।

अख्तियारले उनिहरुलाई ४३ लाख ३७ हजार बराबरको बिगो माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077