Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनसँग लड्न रुसी सेनामा भर्ती हुन इथियोपियामा युवाहरूको भिड

एजेन्सी । इथियोपियाको राजधानी अडिस अवावास्थित रुसी दूतावासमा अहिले दर्जनौँ युवाहरूको भिड लाग्ने गरेको छ ।

युक्रेनमा लड्नका लागि रुसी सरकारले सेनामा भर्ती खुला गरेको हल्ला चलेपछि उनीहरू त्यसरी त्यहाँ जम्मा भएका थिए ।

तर, पछि दूतावासका महिला प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा रुसका लागि सेनामा भर्ति नखुलाइएको स्पष्ट पारेकी थिइन् । उनले बताएकी छन्, “इथियोपियाली युवाहरूको भिडले रुसप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।

रुसको समर्थनका लागि थुप्रै व्यक्ति दूतावास सम्म आइपुगेका छन् । तीमध्ये केहीले हामीलाई आफूहरू चाहेको मद्दत गर्न तयार रहेको बताएका थिए । तर हामी सेना भर्ति गर्ने निकाय हैनौँ ।''

अधिकांश इथियोपियालीहरू त्यहाँ आवश्यक व्यक्तिगत कागजात लिएर उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077