Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै

काठमाडौं । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ।

सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।

प्रिमनसुनको प्रक्रिया राम्ररी नचल्दा अत्यधिक गर्मी र तातो बढेको छ। वर्षा नभएकै कारण वायुमण्डलमा जम्मा भएको धुलोका कण आकाशमै रुमलिएको छ। वातावरण विभागले पनि वायु प्रदूषणकै कारण आकाश धुम्म भएको जनाएको छ। विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार विभागले सूर्यको परावैजनी किरणको नापजाँच नगर्ने भएकाले त्यो विषयमा आफूलाई जानकारी नभएको बताए।

उनले अहिले आकाश धुम्म हुनुका कारण तुवाँलो र वायु प्रदूषण रहेको दाबी गरे। विभागको वायु प्रदूषण गुणस्तर अनुगमन प्रणालीले पनि विगत २४ घण्टायता काठमाडौँको कीर्तिपुरमा उच्च वायु प्रदूषण रहेको देखाएको छ। कीर्तिपुरमा वायु प्रदूषण सूचकाङ्क १७२ रहेको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077