Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर प्रकरण : कांग्रेस महामन्त्री शर्माले मागे फरक शैलीमा अर्थमन्त्री शर्माको राजिनामा

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फरक शैलीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । उनले अर्थमन्त्री शर्माको नाम नलिएर पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यलाई सम्झँदै राजीनामाको कुरा उठाएका हुन् । गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार मात्र अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेपछि अर्थमन्त्री शर्मा नैतिक संकटमा परेका छन् । सोही विषयमा महामन्त्री विश्वप्रकाशले पनि अप्रत्यक्ष रूपमा मन्त्री शर्मालाई पदबाट राजीनामा दिन आग्रह गरेका हुन् । कांग्रेस नेता आचार्यको तस्वीर शेयर गर्दै उनले लेखेका छन्, बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्–नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति । महामन्त्री शर्माले अहिले समयले नेता आचार्यलाई सम्झना गरिरहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’ सर्वोच्चले महाप्रसाद अधिकारीलाई पुनः राष्ट्र बैंकको गभर्नर पदको जिम्मेवारी सम्हाल्न अन्तरिम आदेश दिएसँगै अहिले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने प्रतिक्रियाहरू आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077