Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाङमा हावाहुरीले छानो उडाउँदा विद्यार्थीको बिचल्ली

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।

गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो ।

अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो ।

विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077