Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावमा संविधान संशोधन र पुनर्लेखनको मुद्दा उठाउने जसपाको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र जारी गरेको छ ।

घोषणा पत्र जारी गर्दै यो चुनावमा पनि संविधान संशोधन र पुनर्लेखनको मुद्दा उठाउने घोषणा गरेको छ । ।

संविधान जारी गर्दा असहमति राखेको यो दल अहिले यही संविधानअन्तर्गतका चुनावमा भाग लिने र सरकारमा समेत सहभागी हुँदै आएको छ ।

तर‚ उसले संविधान पुनर्लेखनको एजेन्डा नछाडे पनि संविधानका सकारात्मक प्रावधानहरूको भने आत्मसात् गर्ने उल्लेख गरेको छ ।

'संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, सकारात्मक विभेद, सामाजिक न्याय र समाजवाद हाम्रो संविधानका वैचारिक आधारस्तम्भ हुन् ।

जनता समाजवादी पार्टीले स्थानीय तहको सञ्चालन गर्दा यी संवैधानिक अभिप्रेरणालाई सर्वथा आत्मसात् गर्नेछ । तर, यो संविधान जारी गर्दाको बखत हाम्रो पार्टीका केही गम्भीर सैद्धान्तिक विमति थिए‚घोषणा पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077