Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी सेनाले युक्रेनी सेनालाई दियो आत्मसमर्पणका लागि अन्तिम अल्टिमेटम

एजेन्सी । रुसी सेनाले युक्रेनी सैनिकलाई हतियार बिसाउन अन्तिम अल्टिमेटम दिएको छ ।

युक्रेनको मारिउपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका सेनालाई रुसले हतियार बिसाउन अन्तिम अल्टिमेटम दिएको हो ।

तर, सैनिकहरुले आत्मसमर्पण नगर्ने बताएका छन्। उनीहरुले युरोपेली देशहरुसँग थप हतियारको माग गरेका छन्। यसैबीच मारिउपोलबाट मानिसलाई निकाल्ने काम पनि सुरु भएको छ।

रुससँगको प्रारम्भिक वार्तापछि ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तर अझै पनि १० हजार मानिस त्यहाँ फसेका छन्। उता बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनमा यताउता अन्धाधुन्ध आक्रमण गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077