Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डेरा खाली गराउन जाँदा कोटेश्वरमा चार राउन्ड गोली र एक किलो नक्कली सुन भेटियो

काठमाडौं । प्रहरीले काठमाडौंमा चार राउण्ड गोली र नक्कली सुन बरामद गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर नरेफाँटस्थित सुनमाया श्रेष्ठको घरबाट प्रहरीले सो सामानहरु बरामद गरेको हो ।

डेरा गरी बस्ने प्रमिला तामाङको कोठा खाली गर्न काठमाडौं महानगरपालीकाको प्रतिनिधि समेतको प्रहरी टोलीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा कोठाबाट पेस्तोलमा प्रयोग हुने गोली लाइभ राउण्ड -४, एक थान हेलो रङ्गको धातु फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिकरुपमा परीक्षण गर्दा उक्त पहेलो धातु नक्कली सुन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन-चाँदी व्यवसायी महासंघमा पठाइएको छ ।

यस्तै सोही कोठाबाट नेपाली सेनाको जर्सी हरियो एक थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १३ फिट लम्बाई र ५ फिट १ इन्चको एक थान, केशव बहादुर धानुकको नामको राहदानी एक थान, किप्याड मोवाइल एक थानलगायतका सामानहरु प्रहरीले बरामद गरेको छ ।

त्यस्तै विभिन्न व्यक्तिका नाममा चेक, नागरिकता, कपाली तमसुक, जन्मकुण्डली लगायत कागजात पनि प्रहरीले बरामद गरेको छ। बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी बृत्त नयाँ बानेश्वीरबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077