Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा दिनभर जस्तो मौसम बदली रहनेछ ।

आज राति गण्डकी प्रदेश , कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश १ को पहाडी भूभागमा वर्षाको सम्भावना छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

देशका पहाडी भू(भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077