Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्की र रुसबीच रुसी कैदीलाई रिहा गर्ने सहमति

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुससँग केही सहमति गरेका छन् । दुवै देशबीच युद्ध जारी रहेका बेला आफ्ना नागरिकलाई सुरक्षित गर्न जेलेन्स्कीले रुसी कैदीलाई रिहा गर्ने सहमति गरेका हुन् ।

मारियुपोलमा रहेका युक्रेनी नागरिकलाई रुसले सुरक्षित उद्धार गर्न दिने शर्तमा जेलेन्स्कीले रुसी कैदीलाई रिहा गर्न लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युद्ध सँगसँगै दुवै देशबीच अत्यावश्यक सहमति समेत हुँदै आएका छन् । यसअघि ‘सेफ कोरिडोर’ सहमति भएको थियो ।

मारियुपोलमा रुसी सेनाले बिध्वंश मच्चाएपछि आफ्ना नागरिकलाई सुरक्षित उद्धार गर्न जेलन्स्की सहमतिमा आएका छन् । सहमतिअनुसार युक्रेनी जेलमा रहेका रुसी नागरिकलाई रिहा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077