Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिरहामा जन्ती सबार बस र टिपर ठोक्किँदा २९ जना घाइते

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा बस र टिपर एक आपसमा ठोक्किँदा २९ जना घात्रु घाइते भएका छन्

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८२०१ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को।१ख ५४३४ नम्बरको टिपर गोलबजार नगरपालिकाको वडा नम्बर ४ स्थित चौहर्वामा ठोक्किएर दुर्घटना भएको सिरहा प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा २९ जना घाइते भएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार बसमा जन्ती सबार थिए ।

घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्वर ३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत २९ जना घाइते भएको प्रहरी प्रवक्ता बुढाथोकिले बताए ।

दुर्घटनामा परेको घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077