Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महोत्तरीबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ

महोत्तरी। महोत्तरीबाट प्रहरीले अटोमेटिक चाइनिज पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नम्वर १३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

उनलाई बधुवार साँझ डाँडाटोल स्थित विवाहको गाडीमा तोडफोड गर्दै गरेको अवस्थामा प्रहरी चौकी औरही तथा हातिलेटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले १ थान अटोमेटिक चाइनिज पेस्तोल, सोमा प्रयोग हुने म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको छ ।

पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077