Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खडक नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

सप्तरी  । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गर्ने भएको छ । बिहीबार यी दुई दलबीच चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

सहमति अनुसार नेकपा माओवादी केन्द्रका नेता जयप्रकाश चौधरी मेयर तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन आजादलाई उप मेयरको उम्मेदवार बनाइनेछ ।सहमति अनुसार नेकपा माओवादी केन्द्रले वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा एकीकृत समाजवादीले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ । वडा नम्बर ३ र ९ मा भने छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्णय भएको छ ।

नेकपा माओवादी केन्द्र खडक नगर कमिटीका अध्यक्ष समेत रहेका जय प्रकाश चौधरी र नेपाल एकीकृत समाजवादीका नगर अध्यक्ष विजय कुमार साहले विहीबार संयुत्तः रुपमा जारी गरेको विज्ञप्तिमा तालमेल भएको उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077