Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अक्सिजन प्लान्ट विस्फोटमा परि ज्यान गुमाउनेको संख्या २ पुग्यो

ललितपुर । ललितपुरको अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्का भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

विस्फोटमा अन्य चार जना घाइते भएका थिए ।अन्य घाइतेहरु भने उपचार गरेर फर्किसकेका छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077