Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगद्वारा ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन आयोगद्वारा ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ ।

    बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त संख्यामा मतपत्र छापिइसकिएको आयोगले जनाएको हो ।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् ।



    आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।

    यस्तै निर्वाचन आयोगले देशका ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

    प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम, गाउँपालिका र नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ सय ७६ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जानकारी गराए ।

    यस्तै आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ र काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने सामग्री पठाइँदै छ । अन्य जिल्लामा पनि क्रमश निर्वाचन सामग्री पठाइँदै गरेको प्रवक्ता पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार