Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितपुरको औद्योगिक क्षेत्रमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न सरकारले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

बिहीबार बिहान १० बजे ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको हो। उद्योगमा कार्यरत मजदुर भारतको चम्पापुरन रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो।

त्यसको छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो। मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेको छ। समितिलाई छानबिन गरी प्रतिवेदन सात दिनभित्र बुझाउन निर्देशन दिइएको छ।

घाइते भएकाहरूको उपचारको खर्च सरकारले व्यहोर्ने जनाएको छ। घटनामा घाइते भएका ६ जना डिस्चार्ज भइसकेकोप्रहरीले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले पनि विस्फोटपछि घटनाको समिति बनाएर छानविन गर्न निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077